Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रुसी राष्ट्रपति पुटिनले डिसेम्बरमा भारत भ्रमण गर्ने

फाइल तस्बिर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको  भ्रमण गर्ने भएका छन् ।  

 

भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको छ । उनीहरुका बीचमा सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो । 

 

यसअघि उनीहरुका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।  भारत भ्रमणका क्रममा पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने जनाइएको छ । त्यसैगरी आपसी सहकार्य बढाउने र २ पक्षीय सम्बन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । 

 

‘राष्ट्रपति भ्लादिमिर पुटिनले  यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ’ मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ।

 

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उनले दुई देशबीचमा सम्वन्ध थप मजबुद बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरेका छन् ।

 

‘२१औँ भारत—रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ आउनुहुने भएको हो र सो अबसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ’ उनले भने । 

 

रुस र भारतले हरेक बर्ष यस्तै बार्षिक सम्मेलन गर्दै आएका छन् । यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को बार्षिक सम्मेलन रुसमै भएको थियो । त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रुस गएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...

मङ्सिर १०, २०७८