Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

यी हुन् मन्त्रिपरिषद्ले गरेका पछिल्ला निर्णय 

सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । 

 

जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताए । त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिव ३६ करोड ६२ लाख रुपैयाँ बराबर)  को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

 

 

त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए । 

 

 

मन्त्री कार्कीले सरकारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लाउन्डरिङ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने, असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एन्यौल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ । 

 

प्रवक्ता कार्कीका अनुसार असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएसएमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने, असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दिव्पक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने, नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दुत  राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय भएको छ । 

 

 

प्रवक्ता कार्कीले सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले दक्षिण कोरियाको सिओलमा असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै