
पछिल्लो दुई साता निरन्तर गिरावटको क्रममा रहेको नेप्से परिसूचकमा बिहीबार सामान्य वृद्धि भएको छ ।
बिहीबार नेप्से १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । यस्तै,सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ ।
बिहीबार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख रुपैयाँमा खरिदबिक्री भए । कारोबार रकम भने अघिल्लोे दिनको भन्दा घटेको छ । बुधबार करिब डेढ अर्बको शेयर कारोबार भएको थियो ।
बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लगानी उपसमूह बाहेक १२ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशत बढेको छ । यता व्यापार उपसमूहको सूचक १.४८ प्रतिशत
बढेको छ भने बाँकी सबै उपसमूहको सूचक एक प्रतिशतभन्दा कमले बढेका छन् ।
बिहीबारको कारोबारमा आँधीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । त्यस्तै रिभर फल्स हाइड्रोपावरको ९.९७ प्रतिशत, सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ ।
यता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ । राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयर २.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit