
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति आइरहेको बताएका हुन् ।
शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यमलाई आग्रह गरे ।
थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार सम्प्रेषण कुनै पनि सञ्चार माध्यमहरुले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गरे ।
उनले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चारमाध्यम निर्वाचन प्रचारप्रसारका लागि बढी उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यमहरुले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहसचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र संघीय कारागार गरी चार भागमा वर्...
उच्च मूल्यको मेसिन खरिद गरी त्यसलाई प्रयोगविहीन राख्नु र आयोगको छपाइसम्बन्धी काम अन्यत्र भइरहनुलाई अनुचित भन्दै महालेखाले मेसिनलाई प्रयोगमा ल्याउन आयोगलाई सुझाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit