Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेप्से परिसूचक उच्च अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको । 

 

 

आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बजारले गति लिँदा लगानीकर्ता उत्साहित देखिएका छन् । त्यस्तै आज ठूला कम्पनीको मूल्यमापक सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ ।

 

 

आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकम समेत उल्लेख्य सुधार भएको छ । पछिल्लो समय दैनिक ५ देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको थियो

 

 

आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । 

 

 

बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी  र होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

 

 

आज  कारोबारमा आएका कम्पनी मध्ये मध्ये भोटेकोशीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अरुण भ्याली हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको शेयरमूल्य भने घटेको छ । 

 

 

कारोबार रकमका आधारमा ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपि पावर, अपर तामाकोशी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

1
  • Xuadcr

    फाल्गुण ३, २०७८

    oral cialis 10mg - tadalafil price cialis mail order

प्रतिकृया थप्नुहोस्
  • Xuadcr

    फाल्गुण ३, २०७८

    oral cialis 10mg - tadalafil price cialis mail order

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै