
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको भूमी भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए।
उनले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भुगाग फिर्ता ल्याउनका लागि भारतसंग वार्ता भईरहेको बताए ।
उनले भने, ‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ । महाकाली पुर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौ र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौ । यस सम्बन्धमा हामी भारतसंग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने विगत ५८ बर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । मैले भने ५८ बर्ष देखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौ । त्यसमा संवाद गरिरहेका छौ ।’
छिमेकीसंग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत
गरिने भन्दै भारतसंग नेपालको मित्रतापुर्ण सम्बन्ध भएकोमा आस्वश्त तुल्याए । उनले कतिपयले आफुलाई भारतसंगको सम्बन्ध विगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रतिप्रश्न गरे ।
खाेप सहयाेगका लागि अनुराेध
प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह समेत गरे ।
उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरेका हुन् ।
अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्टहरुलाई आग्रह गरे । झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे ।
कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दुतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिए ।
भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनि र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तिब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।
अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit