Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन् । हाल डिल्लीबजार कारागारमा रहेका उनी सोमबार पार्टीको विवादका कारण ‘हेड काउन्टिङ’ का लागि निर्वाचन आयोग पुगेका थिए । 

 

चौधरी तटस्थ बसेपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ हस्ताक्षर भएको छ । आयोगमा आफू कारागारबाट आयोगमा किन आउनुपर्यो भनेर पार्टीका नेताहरुसँग छलफल गर्ने चौधरीले बताएका थिए । 

 

त्यसक्रममा उनले पार्टी अध्यक्ष ठाकुरसँग छलफल पनि गरेका थिए । त्यसपछि ’म पार्टीको बफादार सिपाही हुँ । म राजपाबाट निर्वाचित भएको हुँ,’ भन्दै उनी आयोगबाट बाहिरिएका थिए । 

 

उनले आफ्ना लागि पक्ष र विपक्ष दुवै जसपा रहेको जनाएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै