Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध जनता एकजुट हुँदै छन्ः प्रचण्ड 

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन् । 

 

शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको उल्लेख गरेका हुन् ।  

 

गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए । 

 


उनले भने, ‘मलाई के विश्वास छ भने केही समय पहिले अलिकति भ्रम थियो माओवादीको बारेमा । तर अहिले गतसाल जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो ।  त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौँ र हामी त्यसमा सफलता पायौँ  । प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट हुने प्रक्रियामा अगाडी बढेको मैले महशुस गरेको छु ।’

 

उनले त्यसैगरी यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको दाबीसमेत गरे  । 

 

उनले देशलाई सामाजिक न्याय सहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको स्पष्ट पारे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै