
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।
भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो ।
भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए । उनले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनु पर्ने बताएका थिए ।
यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् ।
सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो ।
वर्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit