Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन

अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । 

 

 

शुक्रबार आयोजित अनेरास्ववियु क्याम्पस कमिटी भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । केही समय अगाडिदेखि नै नेतृत्व लिने विषयमा विवाद हु्ँदै आएको आर आर अखिलमा अधिकांश विद्यार्थीहरुले खड्कालाई अध्यक्ष बनाउन नेतृत्वलाई दबाव दिंदै आएका थिए ।

 

 

कमिटीको उपाध्यक्षमा गणेश ब धानुक, सचिवमा वसन्त कठायत,सहसचिवहरु आकृति बिष्ट, मोहन गुरागांई, नविन बोहरा र कोषाध्यक्षमा पूर्णिमा कोइराला चयन भएका छन् ।

 

 

आर आर अखिलले ४१ सदस्यीय समिति गठन गरेको छ । उक्त कमिटीमा अरु ८ जना पछि मनोनित गर्ने जनाइएको छ । अनेरास्ववियुका उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष पंकज भण्डारीको अध्यक्ष मण्डलले शुक्रवार कमिटी घोषणा गरेको हो ।
 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै