Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेकपा एस अध्यक्ष नेपाल र  पाकिस्तानी राजदूतबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूत सैयद हैदर शाह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच सोमबार भेटवार्ता भएको छ ।

 

 

पाकिस्तानका राजदूत शाहले नेकपा एसका अध्यक्ष नेपाललाई उनको निजी निवासमा गएर भेटका थिए । राजदूत शाहले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

 

 

अध्यक्ष नेपालले द्विपक्षीय सम्बन्धलाई अगाडी बढाउन सराहनीय योगदान गरेकोमा पाकिस्तानको प्रशंसा गरे । साथै उनले राजदूत शाहलाई धन्यवाद दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धको निरन्तरता र थप प्रगतिको कामना व्यक्त गरेका थिए ।

 

 

त्यस्तै, राजदूत शाहले नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई सुमधुर बनाउनका लागि नेपालले आफ्नो योगदानलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै