
भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ ।
नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियाको जवाफमा यस्तो उल्लेख गरेको हो । उसले नेपालमा विभिन्न दलहरुले भारतीय प्रधानमन्त्री मोदीको अभिब्यक्तिपछि बिज्ञप्ती निकालेर तथा प्रदर्शन गरेर बिरोध जनाएपछि त्यसका बिषयमा संचारमाध्यमले राखेका जिज्ञासाको जवाफ दिएको हो ।
दूतावासले जारी गरेको
बिज्ञप्तीमा भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको अडान सर्वविदित, यथावत र स्पष्ट रहेको जनाएको छ । उसले यसका बिषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।
दूतावासले भनेको छ, 'दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेकाे छ । दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।'
बिज्ञप्ती दूतावासस्थित प्रवक्ताबाट जारी भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit