Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतबाट बन्दोबस्ती र सुरक्षा हेर्ने टोली एक्कासी किन आयो नेपाल? 

भारतकाे विदेश मामिला मन्त्रालय ।

उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् । 

 

भारतको विदेश मामिला मन्त्रालयको बन्दोबस्ती तथा सम्पत्ति खरिद विभागका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा वरिष्ठ आर्किटेक्ट निधि आनन्द र कर्णेल विनय बहलको टोली काठमाडौं आइपुगेको हो । 

 

यो टोलीले बन्दोबस्ती र सुरक्षा हेर्ने भएकाले उनीहरुको भ्रमण राजनीतिक भन्दा भारतबाट आउने उच्च तहका नेताको नेपाल बसाई सहजीकरण गर्न भएको अनुमान गर्न सकिन्छ । 

भारतीय दूतावास निकट एक स्रोतका अनुसार भारतीय दूतावासले भारतीय विदेश मंत्रालयको टोली नेपाल आएको पुष्टिगर्दै यो टोली वीरगञ्जस्थित महाबाणिज्य दूतावासका लागि जग्गा खरिद र भवन निर्माणको पूर्व तयारीका लागि आएको दाबी गरेको छ । 


‘नेपालमा नेकपाको कानूनी विभाजन र विघटन बारे सर्वोच्चको फैसला नआएसम्म कुनै पनि आधिकारिक सरकारी भ्रमण नगर्ने निष्कर्षमा भारत पुगेको कुरा मेरो जानकारीमा छ’ स्रोतले पर्दाफाससँग भन्यो ।

 

विदेश मामिलाको विश्वसनीय अनलाइन काठमाडौंपाटीले यो खबर ब्रेक गरेको हो । 

 

उसले नेपालस्थित भारतीय दूतावासको स्रोतलाई जनाउदैं मन्त्रालयका उच्च अधिकारी काठमाडौंमा राजनीतिक भेटघाटमा सक्रिय रहेको जनाएको छ । 

 

देशमा बढदो राजनीतिक संकटकाबिच चीनबाट उपमन्त्रीको नेतृत्वमा उच्च तहको कुटनीतिक टोलीले भेटवार्ता तिब्र पारिरहेको छ । उनीहरुको भ्रमण लगत्तै भारतबाट समेत उच्च तहको भ्रमण गर्ने रणनीति रहेको टिप्पणीकारहरुको बुझाई छ । 

प्रतिक्रिया

1
  • Qqfzec

    फाल्गुण २, २०७८

    cost tadalafil - buy cialis 40mg pill cheap tadalafil sale

प्रतिकृया थप्नुहोस्
  • Qqfzec

    फाल्गुण २, २०७८

    cost tadalafil - buy cialis 40mg pill cheap tadalafil sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

ओलीको संसद विघटन गर्ने निर्णयः राजनीतिक बेइमानी, संविधानमाथि ‘कू’ र द्वन्द्वको सुरुवात 

लामो समय कानून पत्रकारिता गरेका नेपाल पत्रकार महासँघका पूर्व सभापति तथा खोज पत्रकारिता केन्द्रका संम्पादक शिव गाउँले प्रधानमन्त्रीको कमदलाई राजनीतिक बेइमानीको सज्ञा दिएका...

पुस १५, २०७७

पाँच लाख रुपैयाँ दिएर बलात्कार गाउँमै ‘रफादफा’, पीडित प्रहरीमा पुगेपछि खुल्यो रहस्य 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार अनुसन्धानकाक्रममा पीडितलाई पाँच लाख रुपैयाँ दिएर घटना सामसुम बनाउने समुहको पत्ता लागेको बताउछन् । उनका अनुस...

पुस १५, २०७७