Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

२१ कर्मचारीका लागि अमेरिकी दूतावासले माग्यो आवेदन

नेपालस्थित अमेरिकी राजदूतावासले विभिन्न ३ पदमा २१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । दूतावासले आज सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

 

दूतावासले अमेरिकी सिटिजन सर्भिस (एसीएस) असिट्यान्ट पदमा ७ जना, भिसा असिस्ट्यान्ट (इमिग्रान्ट भिसा) मा ७ र भिसा असिस्ट्यान्ट (नन इमिग्रान्ट भिसा) मा ७ जनाका लागि आवेदन माग गरेको छ । 

 

आवेदकहरुले वेबपेज इरा मार्फत आवेदन पठाउनसक्ने दूतावासले जनाएको छ । कागजी वा इमेलको रुपमा पठाइएका आवेदन भने ग्राह्य नहुने दूतावासको भनाइ छ । 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै