Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बिमस्टेकले दक्षिण र दक्षिण पूर्वी एसियालाई थप निकट ल्याउँछ : महासचिव 

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको संगठन बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले  आगामी दिनमा बिमस्टेकले दक्षिण तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई थप निकट ल्याउन सक्ने विश्वास गरेका छन्। 

 


मंगलबार थाइल्याण्डको विदेशमन्त्रालयले दक्षिण पूर्वी एसियाली मुलुकको संगठन बिमस्टेक स्थापना भएको २५ औं वर्षगाँठको अवसरमा एक प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले यो संगठन निरन्तर विस्तार हुनेसमेत बताएका छन्। 

 

सन् २०१४ मा ढाकामा बिमस्टेक सचिवालय स्थापना हुनु र २०२२ मा श्रीलंकामा पाँचौं बिमस्टेक सम्मेलन संगठनको लागि महत्वपूर्ण कोशेढुङ्गा रहेको उनले बताएका छन्। 

 


सन् १९९७ को जुन ६ मा थाइल्याण्डमा बिमस्टेकको स्थापना गरिएको थियो। 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै