Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पाकिस्तानमा सिख समुदाय 'अस्तित्व सङ्कट' को सामना गर्दै

इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा  रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ।

 


हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख व्यापारी - कुलजीत र रञ्जित सिंह - को पेशावर, खैबर पख्तुनख्वाको बाहिरी भागमा हत्या गरिएको थियो।

 


सन् २०१४ यता केपी प्रान्तमा मात्रै चरमपन्थीले सिखलाई लक्षित गरेको यो 'बाह्रौं' घटना थियो। यसबाहेक गत वर्ष सेप्टेम्बरमा पनि एक सिख युनानी औषधि व्यवसायी सतनाम सिंहलाई पेशावरमा उनको क्लिनिक भित्रै गोली हानिएको थियो।  आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान (आईएस-के) ले लिएको छ ।

 


पाकिस्तानको मानव अधिकार आयोगले पनि हत्याको कडा निन्दा गर्दै विज्ञप्तिमा भनेको छ, "सिखमाथिको आक्रमण यो पहिलोपटक होइन । आक्रमणकारीमाथि यथाशीघ्र कडा कारबाही होस् ।" पाकिस्तानमा सिख जनसङ्ख्या कमजोर अवस्थामा छ र उनीहरूको विशिष्ट धार्मिक पहिचान र असुरक्षित क्षेत्रमा जनसंख्या जम्मा भएका कारण जबरजस्ती धर्म परिवर्तन गराइँदै छ ।

 

इस्लामिक सङ्गठनद्वारा लक्षित आक्रमणको घटना बढ्दो छ। यसै बीच क्यानडाको विश्व सिख संगठन (डब्ल्यूएसओ) ले पनि पेशावर हत्याको निन्दा गरेको छ र पाकिस्तानको सिख समुदायको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरेको छ।  एशियन लाइटले पनि पाकिस्तानले यस क्षेत्रमा आफ्नो सुरक्षाको ग्यारेन्टी नगर्ने भएकाले सुरक्षित ठाउँमा बसाइँ सर्नु उनीहरूका लागि बाध्यता बन्दै गएको  बताएको छ । 

 


पाकिस्तान सिख गुरुद्वारा प्रबन्धक समितिका अनुसार पाकिस्तानमा जम्मा  १५ देखि २० हजार सिखहरू बाँकी रहेको अनुमान छ जसमध्ये करिब  ५०० सिख घरपरिवार पेशावरमा छन्।

 


जनवरी २०२० मा एक हिंस्रक भीडले सिखको  सबैभन्दा पवित्र तीर्थस्थलमा आक्रमण गरेको थियो। 

 


देशमा 'शरिया कानून' लागू गर्ने बढ्दो माग र सिख अल्पसंख्यकविरुद्धको अत्याचारमा निरन्तर वृद्धिले उनीहरूलाई पाकिस्तानमा बाँच्नको लागि  कठिन परिस्थिति बन्दै गएको छ ।  पाकिस्तानका अल्पसंख्यक समुदाय विशेष गरी सिखहरू बीच असन्तुष्टि बढ्दै गएको छ।  यद्यपि  उनीले बहुसंख्यक मुस्लिमको साथ शान्तिपूर्ण रूपमा बस्न चाहन्छन् तर वातावरण भने प्रतिकूल बन्दै गएको छ ।

 


पाकिस्तानले हालै पेशावर क्षेत्रमा सिख र शिया अल्पसंख्यक लक्षित हत्याका थुप्रै घटनाको साथ आतङ्कवादको नयाँ लहरको सामना गरिरहेको छ ।  

 


पाकिस्तानमा यसअघिका सरकारले देशमा अल्पसंख्यक विरुद्ध भइरहेका भयानक घटनालाई जन्म दिएर आतङ्कवाद विरुद्धको कारबाही गर्नको लागि राखिएको राष्ट्रिय कार्य योजना (एनएपी) को कार्यान्वयनलाई  लत्याएको  बताइएको छ । 

 


एशियन लाइट इन्टरनेशनलले  उल्लेख गरेअनुसार पाकिस्तानमा धार्मिक अल्पसंख्यकलाई प्रायः दोस्रो दर्जा को नागरिकको रूपमा व्यवहार गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै