
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठबिरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।
बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाईको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरुलाई जारी गरिने बताए ।
समिति सभापति कर्णले भने, ‘प्रथम बैठकमा हामीले संसदीय सुनुवाईको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ । जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय ग¥यौं । भोलिदेखि सूचना जान्छ । र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाईको काम प्रारम्भ गर्नेछौँ ।’
सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit