Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

थापाथली क्याम्पसकी गौतमलाई ‘शंकर लाल अग्रवाल गोल्ड मेडल’ सम्मान

इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आइओई), थापाथली क्याम्पसले आफ्नो ५६औँ वार्षिक समारोहका अवसरमा क्याम्पस प्रांगणमा एक कार्यक्रमको आयोजना गरेको छ । 

 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

 

कार्यक्रममार्फत २०७३ सालको त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयोजित इञ्जिनियरिङ संकायको परीक्षामा इञ्जिनियरिङ संस्थान, थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई सम्मानित गरिएको छ । 

 

उनलाई श्री शंकर लाल अग्रवाल स्वर्ण पदक २०७८ का साथै ५१ हजार नगद पुरस्कारले सम्मान गरिएको हो । शिक्षा मन्त्री देबेन्द्र पौडेलको प्रमुख आतिथ्यमा उक्त समारोह आयोजना गरिएको थियो । 

 

विशेष अतिथिका रुपमा शंकर गु्रपका महाप्रबन्धक सेल्स एण्ड मार्केटिङ मनोज तिवारी र क्याम्पसका प्रमुख जनार्दन भट्ट लगायतको उपस्थिति थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै