Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । 

 

 

सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले  संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् । 
मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए । 

 

 

कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन सङ्ग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, सङ्ग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गरेको न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ । 

 

 

रुबिनको सङ्कलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले  पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाएका थिए । 

 

‘हामीले सङ्कलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो’ उनले भने । 

 

 

उनले चोरीका कलाकृति सङ्ग्रहालयमा पुगेकामा खेद पनि व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया

1
  • Aapjze

    फाल्गुण ३, २०७८

    tadalafil canada - cialis dosage 40 mg buy tadalafil pills

प्रतिकृया थप्नुहोस्
  • Aapjze

    फाल्गुण ३, २०७८

    tadalafil canada - cialis dosage 40 mg buy tadalafil pills

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै