Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाल चिनाउन ‘भेषभुषा डटकम’ काे सञ्चालन

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ । 

 

 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताएका छन् । 

 

 

महानायक हमालले फेसनबाट कोही मानिस पनि टाढा रहन नसक्ने भन्दै उनले हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा भेषभुषालाई समेटिरहेको बताएका छन् । उनले फेसन समाजमा नभई नहुने कुरा भएको पनि बताएका छन् ।

 

 

कम्पनीले नेपालको संस्कृति र कलालाई भेषभुषाको माध्यमबाट चिनाउने लक्ष्यसहित भेषभुषाको शुरुवात गरेको बताएको छ । कार्यक्रममा भेषभुषा डटकमले हरेक उमेर समूहलाई सुहाउने किसिमका डिजाइनबाट हरेक नेपालीका भेषभुषालाई विश्व बजारमा स्थान दिन पहल गर्ने प्रतिबद्धता जनाएको छ । 

 

 

आफ्नो अनलाइन साइटको माध्यमबाट नेपाली कला संस्कृतिसँग जोडिएका भेषभुषाहरुको विश्व बजारीकरण गरिने पनि बताएको छ । भेषभुषा डटकमले केही वर्षभित्र ५० करोडको लगानी गरेर भेषभुषाको बजारलाई बिस्तार गर्ने सोच बनाएकोे छ । अहिले भने कम्पनीले ५ करोडको लगानीबाट भेषभुषा डटकम शुरु गरेको हो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै