Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली सेनाले फोटाे प्रतियोगिता गर्दै

फाइल तस्बिर

नेपाली सेनाले यसवर्ष पनि फोटाे प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिलाई पनि यस वर्षदेखि समावेश गर्ने निर्णय गरेको छ ।

 

 

नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न गत वर्षदेखि फोटो प्रतियोगिता गर्ने निर्णय गरेको थियो । सोही बमोजिम यस वर्ष पनि उक्त प्रतियोगिता हुन गइरहेको छ ।

 

 

सैनिक जनसर्म्पक तथा सूचना निर्देशनालयका अनुसार आन्तरिक रुपमा फोटो प्रतियोगिता संचालन गर्दै आइरहेकोमा यस वर्षबाट उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिहरुलाई समेत समावेश गराइने भएको छ । सहभागी हुनका लागि आवश्यक फोटो तथा विवरणहरु गैर सैनिक व्यक्तिले  मिति ०७८ माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेज भित्र रहेको लिङ्क  https://photo.nepalarmy.mil.np मा अपलोड गर्नुपर्ने निर्देशनालयले जनाएको छ । 

 

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरुलाई क्रमश नगद रु. ५०,०००, ३५,०००, र २५,००० तथा प्रमाण पत्र प्रदान गरिने व्यहोरा समेत निर्देशनालयले जनाएको छ । त्यस्तै,२०७७ सालदेखि २०७८ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र प्रतियोगितामा मान्यता दिने पनि निर्देशनालयले जनाएको छ ।
 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै