Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

खोजमूलक पत्रकारितामा जोड दिन अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

 

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताएका छन् ।

 

उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरानै सबै पत्रकारहरु र पत्रकारहरुसँग आबद्ध संघ, संगठनहरुको दायित्व भएको पनि बताएका छन् । उनले पत्रकारहरुलाई समाजवादतिर अगाडि बढ्ने गरी संगठन र विचारको निर्माण गर्न पनि सुझाव दिएका छन् ।


‘पत्रकार र त्यसका संगठनहरु स्वतन्त्रतापूर्वक अगाडि बढ्नु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । परिवर्तनबाट प्राप्त भएको उपलब्धि समाजवादतिर अगाडि बढने संवैधानिक अधिकार जो छ, त्यो संवैधानिक अधिकार राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै हामी समाजवादतिर अगाडि बढने मान्यतालाई स्थापित गर्ने कुरा नै प्रेस सेन्टर र समस्त पत्रकारहरुको दायित्व हो भन्ने कुरा म यहाँ राख्न चाहन्छु’ उनले भने ।

 

‘त्यसको लागि कस्तो संगठन आवश्यक छ ? कस्तो विचार आवश्यक छ ? लोकतन्त्रको पक्षमा उभिएका प्रेस सेन्टर मात्रै होइन, अन्य संगठनहरुले पनि लोकतन्त्रको पक्षमा गरेको संघर्ष, त्यो योगदान र बलिदानलाई हामीले त्यही रुपमा सम्मान गर्नु पर्दछ । ती सबै लोकतन्त्रको पक्षमा उभिने पत्रकारहरुका सबै संगठनहरुलाई पनि सम्मान गर्न चाहन्छु’ उनले भने ।

 

उनले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै पत्रकारहरुको क्षमता वृद्धिका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै