Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

विरोधमा उत्रिएका डेढ सय शिक्षक बालुवाटारबाट पक्राउ

प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो । 

 

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने माग राखेको छ । 

 

यस्तै, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै