
गृहमन्त्री बालकृष्ण खाणले शहरको रुप नलिइसकेका बस्तीहरुलाई पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताएका हुन् ।
नेपाललाई बिस्तारै आधुनिकीकरण गर्दै लैजानु अहिलेको लागि आवश्यकता र चुनौती दुवै रहेको उल्लेख गरे ।
खाणले अहिलेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको पनि उल्लेख गरे ।
उनले शहरीकरण तीव्र गतिमा बढिहरको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै शहरीकरणको परिकल्पना गर्दा दुर्गम स्थानलाई पनि समेट्नु उत्तिकै जरुरी रहेको उनको भनाइ छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit