
राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताए ।
शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उनले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाखा लगाउने र धकेलेर पर पु¥याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए ।
उनले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहो¥याए । उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘मेरो त्यो अनुरोध केवल मेरो व्यक्तिगत अनुरोध मात्रै थिएन । देशभरिको धेरै ठूलो संख्यामा रहेका पार्टी कार्यकर्ताहरुको भावना त्यसमा गाँसिएको थियो । तर त्यसलाई नजर अन्दाज गरेर मेरो एउटा सामान्य मागलाई रद्धीको टोकरीमा फाल्ने काम गरियो । त्यसपछि एक पक्षीय ढंगबाट, पूवाग्रहपूर्ण ढंगबाट पार्टी संचालन गर्ने कामहरु भयो । हामीलाई योजनावद्ध रुपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पु¥याउने परिस्थितिको निर्माण भयो । यसरी जब राप्रपा सैद्धान्तिक रुपमा विचलित हुन थाल्यो’ उनले भने ।
‘संगठनात्मक रुपमा गलत प्रवृत्तिहरु हावी हुन थाले । त्यो अवस्थामा यो पार्टीको संस्थापक नेता भएको नाताले ६३ सालपछि अत्यन्तै कठिन घडीमा पार्टीलाई नेतृत्व दिएर विचार प्रदान गरेको नाताले मैले निरिह, लाचार र अपमानित भएर पार्टीको पतनलाई हेरिराख्ने छुट र अनुमति मलाई थिएन । त्यो अवस्थामा मैले बाध्य भएर पार्टीबाट अलग हुनुप¥यो । हामीले सामान्य माग राखेका थियौ । एउटा वक्तव्य दिए पुग्थ्यो । तर त्यसलाई उपेक्षा गरेर हामीलाई राजनीतिक रुपमै समाप्त पार्ने प्रयास गरियो’ उनले भने ।
‘यो अवस्थामा हामीले महाभारतको युद्धका बेलामा भगवान श्रीकृष्णले अर्जुनलाई दिनु भएको अर्तिउपदेशहरुको सम्झना गरिराखेका छौं । गलत प्रवृत्तिको विरुद्धमा आत्मसमर्पण होईन । सशक्त प्रतिवाद गर्नु पर्दछ । र, आवश्यक प¥यो भने युद्ध पनि गर्नु पर्दछ भन्ने भगवान श्रीकृष्णले हामीलाई बताउनु भएको छ । यसर्थ यो राप्रपा नेपालको अभियान भगवान श्रीकृष्णको अर्ति उपदेशलाई बोकेर आफ्नो स्वधर्मको निर्वाह गर्ने क्रममा अघि बढने कुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु’ उनले भने ।
‘राप्रपा नेपालको यो अभियान सुरु गर्दा हाम्रा कोही शत्रु छैनन् । हिजो हामीसँगै काम गरेका राप्रपा र त्यसका साथीहरु पनि हाम्रो कुनै वैमष्यता र बैरभाव छैन । कसैप्रति हामी रिसराग राख्दैनौं । सकारात्मक सोचका साथ हामी अघि बढदछौं । हामीमा कसैप्रति नकारात्मक भाव हुनेछैन । यो पार्टी अन्य कुनै पार्टीको विरुद्धमा खुलेको पार्टी होईन । यो पार्टी नेपालको राष्ट्रियतालाई बलियो बनाउने, सनातन धर्म, संस्कृतिको संरक्षण गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने, उद्धार अर्थतन्त्र र सुशासनको माध्यामबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ खडा भएको छ’ उनले भने ।
त्यस अवसरमा उनले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अव आफूले कहिल्यै धोका नदिने पनि बताए । कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरुले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit