Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । 

 

 

बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गरेका छन् ।  उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने पनि बताएका छन् ।

 

 

‘केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ’ उनले भने ।

 

 

आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर्नुपर्ने, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै