Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराएका निधि, कोइराला र सिंहको यस्तो छ भनाइ 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आज दोस्रो दिन उम्मेदवारी दर्ता तीव्रताका साथ सम्पन्न भएको छ । कांग्रेस सभापतिको नेतृत्व गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह जोडतोडले लागि परेका छन् । 

 

उम्मेदवारी दर्ता गराएपछि पत्रकारसंग बोल्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नु परेको बताएका छन् । 

 

‘आगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार बनोस् । एकमना सरकार बनोस् । र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं । त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो । नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस्’ उनले भने ।

 

त्यस्तै, सभापतिको उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् । उनले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नँया सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताएका छन्  । ५१ प्रतिशतभन्दा बढि युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाइ थियो । 

‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौं । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरु युवा भएकाले आफूहरुको प्यानलनै विजयी हुनेछ’ उनले भने । 

 

त्यस्तै, पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । उनले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानलनै विजयी हुने दाबी समेत गरेका छन् । 

 

‘मेन कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने । पार्टीलाई सुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ’ उनले भने ।

 

उनले १३ औं महाधिवेशनमा आफूले केन्द्रिय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया

1
  • Zcjsgq

    फाल्गुण ४, २०७८

    prices of cialis - buy tadalafil online purchase tadalafil online

प्रतिकृया थप्नुहोस्
  • Zcjsgq

    फाल्गुण ४, २०७८

    prices of cialis - buy tadalafil online purchase tadalafil online

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै