Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

दशैंको छेकोमा एमालेको विधान महाधिवेशन, ३ हजारको भेला काठमाडौंमा 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । 

 


विधानको महाधिवेशनको लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ  भने उक्त बैठकले विधान महाधिवेशमा प्रश्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रश्तुत हुने र त्यसमाथि व्यपक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताए । उनले यसमा आएका सुझावहरुलाई राखेर केन्द्रिय कमिटीको बैठक असोजको ८ र ९ गतेका लागि बोलाइएको जानकारी दिए ।

 

सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रिय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पखदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउनेछन् । 

 


त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमसख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरुले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताए । योसहित करिव ३ हजार प्रतिनिधिहरुले भाग लिने उनले बताए ।

 

उनका अनुसार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बिरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र नेकपा एमालेलाई बलमिच्याइँ गरेको पार्टीले निस्कर्ष निकालेको छ । 

 

सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौति गरेर हचुवाको भरमा कार्यक्रम थपेको बताए । सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेलेकोे भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताए । 

 

उनले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाए । उनले अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिती उत्तेजित नबनाउन गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । 


नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले भोलि (आईतवार) मध्यान्ह १२ बजे संसदीय दलको बैठक डाकेको सचिव भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै