Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउँछ : केपी ओली 

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

 

 

पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । उनले सत्तारुढ गठबन्धनलाई बत्ति निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिएका छन् । आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने उनको भनाइ थियो । 

 

उनले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरुको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् । उनले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दाबी समेत गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने बताएका छन् । 

 

 

‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्छन होला विचराहरु । म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । यो गठबन्धन तोडेर होईन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छांै भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु । फेरी पनि कुनै उपाय छ भने । तर हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौं । र अवका निर्वाचन बत्ति निभाएर जित्ने, मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ । कल्पना कसैले नगरे हुन्छ । त्यो पनि भनिदिन चाहन्छु’ उनले भने ।

 

 

‘षडयन्त्रपूर्ण ढंगले पार्टी विभाजन गर्दा पनि स्थानीय तहमा पार्टीको पक्षमा आम रुपमा पार्टी नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु दृढतापूर्वक उभिनु भयो । र, विभाजनको असर दुई डिजिटलमा पु¥याउन कसैले सकेन । म हाम्रो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । केहीकेही साथीहरु अलमलमा परेर षडयन्त्रकारी तत्वहरुको पछाडि भ्रमवश जानु भएको हुन सक्दछ । म अहिले पनि उहाँहरुलाई त्यस्ता भ्रममा परेर देशका विरुद्ध, जनताका विरुद्ध पार्टी, आन्दोलन र लोकतन्त्रका विरुद्धका क्रियाकलापहरुमा सरिक नहुन र पार्टीमा फिर्ता आउन हार्दिक आग्रह पनि गर्न चाहन्छु । सबै साथीहरु अलमलमा नपरौं । हाम्रो पार्टीबाट निर्वाचित हुनु भएका साथीहरुले असाधारण राम्रो काम गर्नु भएको छ’ उनले भने ।

 

 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भीर खेलबाड गरेको आरोप लगाएका छन् । उनले सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाएका छन् । सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा विपरितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका छन् । 

 

 

‘अर्को कुरा अध्यक्षको हैसियतले लेखेको भनेर अनि कुन पार्टीको प्रमुख हुन र एमसीसीको प्रमुख ? अर्को कुन–कुन पार्टीको अध्यक्षले लेख्नु पथ्र्याे ? गठबन्धनभित्र पनि दुईटा अध्यक्षले लेख्ने कुरा । अरु अध्यक्षहरुलाई थाहा छ कि छैन ? थाहा भएपनि नभएपनि उहाँहरुको बाध्यता छन, त्यो गठबन्धनमा लाग्नुपर्ने । तर देश त गम्भिर खेलवाड, खेलाँची, गैर जिम्मेवारपनको शिकार भईराखेको छ । यस कुराप्रति हामी गम्भिर छौं । र म के भन्न चाहन्छु भने–सभामुखले सरकारले निर्णयार्थ संसदमा दर्ता गरेको चिजलाई रोक्ने अधिकार सभामुखलाई छैन । कर्तव्य होइन’ उनले भने । 

 

 

‘उनले त्यो अनधिकृत ढंगले बल मिच्याई गरेका छन । यस्तो कुरा यो गठबन्धनको निरिहता हो । पदलोलुपता हो । सत्तामोह हो । गठबन्धन जसरी पनि कायम राखेर सरकारमा बस्नुपर्छ भन्ने कुरा हो । र यस्तो कुरामा पनि सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन । को अधिकारको सीमाभन्दा बाहिर गईराखेको छ ? अघिल्लो सभामुखले त्यस्तै ढंगले अनधिकृत क्रियाकलाप गरेकै हो । र, अहिलेको सभामुखले त्यही कुरालाई जारी राखेका छन । र अनधिकृत क्रियाकलाप गरिराख्या छ । संसदले के गर्छ, त्यो आफ्नो ठाउँमा होला । संसदलाई निर्णयार्थ दिनुप¥यो अधिकार । तर संसदलाई नदिएर रोक्ने कुरा उनको अधिकार भित्रको कुरा होईन । अनि त्यस्तो अनधिकृत काम गर्ने सभामुख कहाँ प्रशंशाका लागि केही मान्छेहरु पुग्छन रे भनेको सुन्दा सरम लाग्छ ।  यो गैरजिम्मेवार कुरा हो । यसमा सरकार गम्भिर होस् म दोहो¥याउन चाहन्छु’ उनले भने ।

 

 

उनले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाएका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै