Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

जातीय विभेद प्रकरणमा शिक्षामन्त्रीले भने– गल्ती मसहुस भएको छ, अब यस्तो हुँदैन

जातीय विभेदको प्रकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेर स्पष्टीकरण दिएका छन् । उनले यस विषयमा गल्ती महसुस गरेको र अब यस्तो नहुने जनाएका छन् ।

 

जातीय विभेद गरेको आरोपमा पक्राउ परेर हिरासतमा रहेको व्यक्तिलाई रिहा हुँदा लिफ्ट दिएको भन्दै शिक्षामन्त्री श्रेष्ठको आलोचना भएको थियो । 
पत्रकार रूपा सुनारलाई जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा मन्त्रीले ’लिफ्ट’ दिई प्रहरी कार्यालयबाट घरसम्मै लगिदिएका थिए ।

 

उनको यस्तो कदमबाट आक्रोशितहरुले कारबाहीको माग गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस विषयमा मन्त्री श्रेष्ठसँग स्पष्टीकरण सोधेका थिए । 

 

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै