
युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।
उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।
इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ।
इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit