Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

१३४ कार्यसमिति सदस्य चयन गर्न सुरु भयो कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । 

 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको दीप बालेर उद्घाटन गरेका छन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

 

‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भइसकेका छन् । महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।

 

महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन् । कांग्रेस केन्द्रीय कार्य समितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

 

महाधिवेशनमा सभापतिका लागि प्रधानमन्त्री देउवाले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट भने अझै सभापतिको उम्मेदवार तय हुन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आ–आफ्नै दाबी नछाडेपछि संस्थापन इतर पक्षले अझै सभापतिको साझा उम्मेदवार तय गर्न नसकेको हो । यसैबीच, नेपाली कांग्रेसको महाधिवेशन स्थलमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुले आ–आफ्नो प्रचार अभियानलाई पनि तीब्रता दिइरहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’

पछिल्लो चार दशक लागूपदार्थको अन्तर्राष्ट्रिय ओसारपसार, बेचबिखन र कारोबारमा उत्तरी धादिङको एउटा गाउँ कुनै न कुनै रूपमा जोडिइरह्यो । सत्यदेवी गाउँको पाकिस्तान, दक्षिणपूर्वी...

मङ्सिर २४, २०७८