Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अमेरिकाको मेरिल्याण्डमा गोली आक्रमण, तीनजनाको मृत्यु 

अमेरिकाको मेरिल्याण्डस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।  

 

एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो ।  राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताइका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको बताएका छन् । 

 


आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २ः३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माइल टाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

 

 

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् । 

 

 

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा  कम्तीमा एकसय १० गोलीबारी भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै