
सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ ।
राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, “हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्रेनका दुई कर्मचारी सदस्यहरू रहेको बुझिएको छ ।”
यही डिसेम्बर २४ अर्थात् गत शुक्रबार कायाह राज्यमा म्यानमार सेनाको नरसंहारमा उनीहरूसमेत परेका हुन् ।
यसै बर्षको फेब्रुअरी १ देखि म्यानमारको सेनाले नेत्री आङसाङ सुकीको निर्वाचित सरकारलाई निलम्बन गरी सत्ता
सम्हालेपछि आन्दोलनरत विपक्षी र सुरक्षाकर्मीबीचको झडपहरूमा परी सयौँ नागरिकले ज्यान गुमाएका छन् । यद्यपि गत शुक्रबारको नरसंहारलाई सेनाबाट भएको कहालीलाग्दो घटनाका रूपमा विश्व समुदायले हेरेको छ ।
शहर नजिकैको एउटा राजमार्गमा दुईवटा जलिरहेको ट्रक र एउटा कारभित्र दर्जनौँ लास भेटिएका थिए । घटनालाई स्थानीय जुन्ता विरोधी लडाकू र अनुगमन समूहले त्यस क्षेत्रका विद्रोहीसँग झडप भएपछि जन्टा फौजले एचप्रुसोमा आक्रमण गरी उनीहरूलाई जिउँदै जलाएको आरोप लगाएका छन् ।
सेभ द चिल्ड्रेनले घटनामा नजिकैको समुदायमा मानवीय सहयोगका लागि पुगेका आफ्ना दुई कर्मचारी परेका बताएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit