Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्थानीय तह चुनावमा देशभर तालमेल गर्न सत्तारुढ दलका शीर्ष नेताहरुको आह्वान

फाइल तस्बिर

स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न सत्तारुढ पाँच दलले पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका हुन् ।

 

‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

हाल विभिन्न जिल्लामा सत्तारुढ दलहरुबीच तालमेल भइरहेको समाचार सार्वजनिक भएको छ । तर, धेरैजसो जिल्लाा अझै पनि तालमेल हुन सकिरहेको छैन । यस्तै, केन्द्रमा पनि तालमेलको मोडालिटीबारे टुंगो लगाउन सकिएको छैन । 

 

उनीहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध गरेका छन् । शीर्षनेताहरुले परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमान्यतामा आधारित समाजावादको रक्षा गर्दै नेपालको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता पूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

 

अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै