
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गरे ।
उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोर्याए ।
ओलीले भने, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यम्भावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को कुन पार्टीबाट उठ्यो ? त्यो त्यत्रो ठूलो कुरा होइन ।’
त्यस्तै काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्षभित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिए ।
कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादी)का सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit