Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सांसद नभई कानुनमन्त्री बनेका को हुन् बन्दी ?

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् ।

 

यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन् ।

 

बन्दी पेसाले अधिवक्ता हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा बन्दीले रिट निवेदन लेख्नेलगायत भूमिका निर्वाह गरेका थिए ।

 

उनले एमसीसी पारित गर्ने क्रममा १२ बुँदे व्याख्यात्मक टिप्पणी तयार पार्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बन्दीले आज नै पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै