Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्से परिसूचकमा ११.९६ अंकले गिरावट

साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ । 

 

बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।

 

 

आज कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बुधवार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

 

 

बिहीवार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी  १.५७ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको छ । बाँकी उपसूचकको सूचकमा गिरावट आएको छ ।

 

 

बिहीवारको कारोबारमा नेप्से परिसूचकमा गिरावट आए पनि  एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मुल्य ५.३३ प्रतिशत बढेको छ । त्यस्तै नबिल इक्विटी फण्ड, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ भने मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेपाल फाइनान्सको शेयर मूल्य घटेको छ ।

 

 

बिहीवार कारोबार रकमका आधारमा २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै