
शिक्षा मन्त्रालयले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिसगर्ने निर्णय गरेको थियो ।
मन्त्रालयमा सोमबार बसेको बैठकले हिउँदे बिदामा रहेका बिद्यालयलाई बिदा लम्बाउन निर्देशन दिने तथा परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सम्पन्न गरी बिदा दिन निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो ।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माको सचिवालयका अनुसार सीसीएमसीको सिफारिसर अनुसार मन्त्रालयले गरेको निर्णयसहित केही समयमा सूचना जारीगर्ने तयारी भइरहेको छ । उनले बिदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताएका छन् ।
‘हालैका दिनहरुमा कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको कारणले सिसीएमसीले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालयहरुमा बिदा दिने भनेर निर्णय गरेर हामीलाई सिफारिस गरेको छ । त्यो अनुसार हामी त्यसको कार्यान्वयनका लागि सूचना जारी गर्छौ । बिदाको अवधिमा विद्यालयहरुले अनलाइनबाट अथवा अरु माध्यमबाट जुन सिकाइ सहजीकरण निर्देशिका २०७७ छ, त्यो अनुसार विद्यार्थीका सिकाइ क्रियाकलाप जारी राख्नुपर्दछ ’ उनले भने ।
उनले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरुले १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई खोपको प्रबन्ध गरिने पनि बताएका छन् । विश्वविद्यालयको परिक्षाहरु भने सञ्चालन हुने उनले स्पष्ट पारेका छन् ।
‘विश्वविद्यालयहरुको परिक्षाहरु, वार्षिक परिक्षा, सेमेष्टर परिक्षा जुन छ, त्यो भौतिक दुरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाईको सिट प्लान गरेर चलाउने भन्ने छ । यि विषयमा सार्वजनिक सूचना जारी गर्छौ’ उनले भने ।
विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उनले बताएका छन् ।
cost tadalafil - order cialis female cialis cvs
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cost tadalafil - order cialis female cialis cvs