Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काउन्सिलद्वारा तथ्यहीन समाचार लेख्ने र बार्गेनिङ गर्नेविरुद्ध उजुरीको माग 

प्रेस काउन्सिल नेपालले तथ्यहीन समाचार लेख्ने गुनासोे र विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने बढेको भन्दै त्यस्ता कार्यविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

 

 

आइतबार प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहराले तथ्यहीन सामग्री प्रकाशन र प्रसारण भएमा प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन प्रेस विज्ञप्ति जारी गरेका थिए ।

 

 

कतिपय सञ्चारमाध्यम तथा सम्बद्ध व्यक्तिले विज्ञापनका लागि अनावश्यक दबाब सिर्जना गर्ने तथा बार्गेनिङ गर्ने जस्ता क्रियाक्रलाप बाहिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञापन अस्वीकार गरेमा तथ्यहीन सामाचार बनाई सम्प्रेषण गर्ने गुनासो बढेको काउन्सिलले जनाएको छ । साथै त्यस्ता क्रियाक्रलापविरुद्ध उजुरी दिन काउन्सिलले अपिल गरेको छ ।

 

 

त्यस्ता क्रियाकलाप प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत भएको र पत्रकारिताको दुरुपयोग भएको विज्ञप्तिमा उल्लेख छ । समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न र नगराउन पनि काउन्सिलले सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराएको छ । साथै काउन्सिलले मिडिया तथा सम्बद्ध पक्षको नाममा हुने त्यस्ता क्रियाकलापबाट पीडित जो कोहीलाई सजग रहन अनुरोध गरेको छ।

 

 

प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम कुनै सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार तथा समाचार सामग्रीबाट पीडित पक्षले प्रेस काउन्सिल नेपालमा उजुरी दिने व्यवस्था रहेको छ ।

 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै