Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नयाँ नेतृत्वका लागि नाडामा मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । 

 

बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । 

 

नाडाको ४५ औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्नेछन् ।
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै