दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई संरक्षित वन्यजन्तुको जस्तो देखिने एक थान छाला र संरक्षित वन्यजन्तु सालकको छाला सहितको एक थान खपेटा भएको आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit