Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

लेबनानमा शान्ति सेनाको सडक दुर्घटना न्यूनीकरणसम्बन्धी अभ्यास

युनिफिल मिसन लेबनानमा गोरखबक्स गणले सेक्टर इस्ट हेडक्वार्टर अन्तर्गतका युनिटहरुको संयुक्त सहभागितामा १६ वैशाखमा अभ्यास इस्ट एजेन्ल आई–२२ सञ्चालन गरेको छ । 

 

अपरेशनल गतिविधिको दौरान हुन सक्ने सम्भावित सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने प्रक्रिया र प्रतिक्रियाहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो । 

 

अभ्यासमा काल्पनिक घटनाक्रम सिर्जना गरी सवारी दुर्घटना हुँदा घाइतेलाई घटनास्थलमा तुरुन्त प्राथमिक उपचार, बटालिएन मोबाइल रिजर्भ परिचालन, घटनास्थल सुरक्षित गरी ट्राफिक नियमन, घाइतेहरुको अवस्था मूल्यांकन गर्नुपर्ने प्रक्रियाहरुको सिनारियोको आधारित रही सञ्चालन गरिएको थियो । 

 

लेबनानमा शान्ति सेनामा जाने सैनिकहरुको सवारी दुर्घटनामा मृत्यु हुने घटना धेरै भएकाले यस्तो अभ्यास सञ्चालन गरिएको हो । अभ्यास इक्टर इस्ट हेडक्वार्टरका कमान्डर सहायक रथी रेमश अर्माडा भाज्क्वेजको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै