
काठमाडौंमा सोमबार रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती मनाइएको छ ।
स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको सहकार्यमा टैगोरको १६१ औं जन्मजयन्ती मनाइएको हो ।
इन्डिया एट७५ आजादीका अमृत महोत्सवको एक हिस्सा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र
लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे ।
स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले टैगोरको रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।
लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता श्री वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तर्क्रियात्मक प्रस्तुति दिएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit