
सिसिटिभीको क्षेत्रमा अब्बल मानिएको दावा टेक्नोलोजीले आफ्नो उत्पादन लञ्च गरेको छ ।
टेक्नोलोजीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विद् म्यानेजमेण्ट प्रा.लि.सँगको सहकार्यलाई पनि अघि बढाएको छ । कम्पनीसँग पछिल्लो समय सहकार्यका लागि जोडिएको विद् म्यानेजमेण्ट प्रा.लि. चौथो कम्पनी हो । दावाले सिसिटिभी क्यामेराको नयाँ उत्पादन सार्वजनिक गरेको कम्पनीले जनाएको छ । सिसिटिभीको क्षेत्रले चिनिने दावाका अन्य उत्पादनहरु पनि नेपाली बजारमा रहेका छन् ।
ड्रोन र सिसिटिभी क्यामेरा दावाका गुणस्तरीय सामानहरु रहेको कम्पनीकी सेल्स इन्जिनियर अस्मिता थापाले बताएकी छन् । उनले नेपालमा दावाका सिसिक्यामेराहरु गुणस्तयुक्त भएकै कारण पनि यसका प्रोडक्टहरु धेरै नेपालीहरुले मन पाराएको बताएकी छन् । उनले अन्य स्थानीय ब्राण्डका सिसिक्यामेराहरुको मूल्य सस्तो भए पनि दावाको उत्पादन गुणस्तरीय रहेको बताएकी छन् ।
‘नेपाली मार्केटमा दावा भन्ने बित्तिकै सिसिटिभी सर्भिसेस सोलुशन भनेर बुझिन्छ । तर यसमा धेरै प्रोडक्ट्सहरु छन् । ड्रोन, सेक्युरेटि सर्भिसेज सोलुशनहरुका सामानहरु छन् । नेपालमा हिटबिजन र दावा नै सिसिटिभीमा मेन ब्राण्ड भएर आएको छ । प्राइजमा लोकल ब्राण्डहरु सस्तो छ । क्वालिटी सर्भिसेजमा दावा नै छ । घर, स्कुल, कार्यालयहरुमा यसको प्रयोग गरेर सुरक्षामा ध्यान दिन सकिन्छ । हरेक घरमा सिसिटिभी इन्स्टल भएको छैन । अझै स्कोप छ । ट्राफिक म्यानेजमेण्टमा पनि सरकारले प्रात्साहन भइसकेको छ । अझै यसमा मार्केट छ । सिसिटिभी एउटा धनाढ्य परिवारलाई मात्रै नभएर सामान्य वर्गको मानिसलाई पनि आवश्यक छ । यसले विशेषतः सुरक्षा नै दिने हो । आफ्नो घर, कार्यालयहरुमा के कसरी यदि क्षति भइहालेमा के भएको हो भन्ने कुराको जानकारी पाउन सकिन्छ’ उनले भनिन् ।
उनले नेपालमा सिसिटिभी क्यामेराको धेरै बजार रहेको र सिसिटिभीले घर तथा कार्यालयहरुको निगरानीमा धेरै सहयोग पु-याउने बताएकी छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit