
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् ।
सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकीर गरे ।
उनले भने, ‘शेरबहादुर
देउवालाई सोध्नुस् त–यो गठबन्धन के हो भनेर ? उहाँ आफैले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नु हुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् ।’
ओलीले मुलुकमा लुट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको आरोप लगाए । उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गरे । सत्तारुढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको ओलीले दोहोर्याए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit