Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

गठबन्धन चुनावका लागि मात्र होइनः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । 
कसैलाई जिताउन वा हराउन नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ छ । 

 


सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले संविधान र गणतन्त्रको रक्षाका लागि  गठबन्धन बनाइएको बताए । 

 


उनले भने, “गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ।” 

 


उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए । 

 


“आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस्”, गठबन्धनका नेतालाई उनले भने । खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन पनि आग्रह गरे ।

 


वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन छ । यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै