Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

आगामी निर्वाचनमा गठबन्धनलाई पानीमुनि गए पनि छोड्दैनौँ : केपी ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् ।

 

 

अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताए । शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमुनि गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए । अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीले आग्रह गरे । 

 

 

‘अब एक वर्षभित्र चुनाव हुनै पर्छ । बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन । यो कहाँ बच्छ ? बच्न सक्दैन । त्यसकारण अब त बढिमा एक वर्ष हो यिनको आयू । संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढिमा एक वर्ष हो, आयु। यो सरकारको आयू । त्यसो भएर अहिले म धेरै समय नलिऊ । अहिले पूर्वतिर मेला लाग्थ्यो । एक थरी उरन्डेउलाहरु हुल बाँधेर जान्थे । अनि लुकाएर सिन्दुरचाँही खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने । अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर ¥याँकि दिएर गुटुट भाग्ने । के भो, के भो भन्दाभन्दै उहाँ पुगिसक्यो । माईतीहरु सिन्दुर हालीहाल्यो खोजेर सिन्दुर लाउने कहिले माकुनले सिन्धुर हालि दिएको छ झुक्याएर ,। कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दुर । कहिले काँग्रेसले हालि दिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माईतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होईन । आउनुस, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस । यहाँ आउनुस लक सावुनले नुहाउनुस । नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं’ उनले भने ।

 

 

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दाबी समेत गरे । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

 

 

अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै