Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

ओलीलाई खनालको जवाफ–एमाले क्विन्टल भए हामी दशौं टन हौं 

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो पार्टी दशौं टन भएको बताएका छन् । 

 

शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीलाई आफ्नो पार्टी दशौं टनको बनेको हेर्न जिल्लाजिल्लामा जान पनि चुनौती दिए । 

 

खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा जाने स्पष्ट पारे । उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

 

उनले निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे । 

 

नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै