Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । 

 

बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने कांग्रेस पार्टी सचिवालयले जनाएको छ । 


यसै बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा पनि सहमति जुटाउने प्रयास गर्नेछ । कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्दैछ ।

 

यस्तै बैठकमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

 

कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै